नेपाल हेल्थ न्युज, काठमाडौं । आगामी मंसिर २७ बाट सुरु हुन लागेको नेकपा ‘एमाले’ को ११औं राष्ट्रिय महाधिवेशनका लागि स्वास्थ्य क्षेत्रबाट प्रतिनिधि छनोटको प्रक्रिया नयाँ सूची सार्वजनिक गरिएको छ।
स्वास्थ्य क्षेत्रका सात प्रतिनिधिमध्ये चार जना प्रारम्भमा सरकारी पदमा कार्यरत रहेकाले विवाद उत्पन्न भएको थियो। विवादपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले नयाँ प्रतिनिधिहरू चयन गरेको छ।
नयाँ सूचीअनुसार स्वास्थ्य क्षेत्रका प्रतिनिधिमा डा. झलक शर्मा गौतमको नेतृत्व रहेको छ। डा. गौतम १०औँ तहका वरिष्ठ स्वास्थ्य प्रशासक थिए र २०७८ सालमा सरकारी सेवाबाट अवकास लिएका हुन्।
अन्य स्वास्थ्यकर्मी प्रतिनिधिमा सारदा खनाल, अनुप केसी, सिद्ध प्रसाद ढुंगाना, सृजना पन्डित पहारी, राज कुमार पौडेल र ज्वाला शर्मा रहेका छन्। चिकित्सक, नर्सिङ, जनस्वास्थ्य र परामेडिक समूहका प्रतिनिधिहरू समावेश गरिएको छ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका पदाधिकारीका अनुसार, ‘अब महाधिवेशन प्रतिनिधि बन्ने सबै स्वास्थ्यकर्मीहरू बहालवाला कर्मचारी होइनन्। नयाँ प्रतिनिधिहरूको सूची आजै पार्टीमा आधिकारिक रूपमा दर्ता गरिएको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

