नेपाल हेल्थ न्युज, पोखरा । गण्डकी प्रदेश सरकारले मातहतका ११ वटै अस्पतालमा एकैपटक नयाँ व्यवस्थापन समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को निर्णय अनुसार लेखनाथस्थित जनरल तथा सरुवा रोग अस्पतालमा ऋषिराज जमरकट्टेल, दमौलीमा कमलामोहन वाग्ले, बुर्तिबाङमा कमल भुसाल, पर्वतमा यामबहादुर नेपाली, धौलागिरी प्रादेशिक (बागलुङ) मा श्रीप्रसाद शर्मा, बेनीमा डेकबहादुर बानियाँ, मध्यबिन्दुमा बालकृष्ण घिमिरे, मुस्ताङमा तेन्जिङ थकाली, लमजुङमा विजय गुरुङ, स्याङ्जामा दिलकुमार भुजेल र मनाङ अस्पतालमा अर्विन गुरुङलाई अध्यक्ष जिम्मेवारी दिइएको छ।
कांग्रेसबाट ६ र एमालेबाट ५ जना गरी समितिमा नेतृत्व चयन गरिएको छ।
प्रदेश मातहत १४ वटा अस्पताल र २ आयुर्वेद अस्पताल रहेका छन्। नयाँ गठन आदेशअनुसार १०० शय्या तथा ५० शय्या अस्पतालमा स्नातक उत्तीर्ण स्थानीय व्यक्तिलाई अध्यक्ष बनाइने व्यवस्था छ भने २५ शय्या अस्पतालमा सम्बन्धित जिल्लाबाट मनोनीत व्यक्ति अध्यक्ष बन्नेछन्।
समितिमा स्थानीय तहका प्रतिनिधि, मन्त्रालयबाट मनोनीत सदस्य, वित्तीय निकायका प्रतिनिधि, विशेषज्ञ चिकित्सक तथा नर्सिङ प्रमुख रहने व्यवस्था गरिएको छ। यसैगरी, जेनजी आन्दोलनका क्रममा क्षति पुगेका स्वास्थ्य संरचनाको पुनर्निर्माण लागत निर्धारणका लागि सरकारले परामर्श सेवा लिने निर्णय गरेको छ, जसमा हरियो स्टिकर भवन सेवा सञ्चालन योग्य मानिन्छ भने पहेंलो र रातो स्टिकर भवनहरूको पुनर्निर्माण खर्च निर्धारणका लागि विस्तृत अध्ययन गरिने बताइएको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
