नेपाल हेल्थ न्युज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो दशकमा स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा बजेट कटौती भएको बताउनुभएको छ। काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु सकारात्मक नभएको बताउनुभयो।
उहाँका अनुसार देशको समग्र राजस्व बढेको भए पनि स्वास्थ्य र शिक्षा क्षेत्रमा बजेट घटेको देखिन्छ। स्वास्थ्य क्षेत्रमा बजेट कटौतीको कारण अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र अन्य सरकारी निकायबीच आवश्यक सहकार्य नभएको हुन सक्ने बताउनुभयो। उहाँले यस समस्या एकैपटक समाधान गर्न गाह्रो हुने पनि बताउनुभयो।
अर्थमन्त्री खनालले स्वास्थ्य बीमा भुक्तानीको जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिनुभयो। उहाँले भर्खरको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बाँकी रहेको भुक्तानी तत्काल सम्पन्न गर्नुपर्ने बताउनुभयो र स्वास्थ्य मन्त्रीलाई त्यसका लागि निर्देशन दिएको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, विगतका सरकारले रोक्यो भनेर हालको सरकारले रोक्न नहुने उल्लेख गर्नुभयो।
स्वास्थ्य बीमा कार्यक्रमको संरचना राज्यले धान्न सक्नेगरी बनाउनुपर्ने उहाँको भनाइ छ। स्वास्थ्य संस्थालाई पर्याप्त वित्तीय पहुँच उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो।
खनालले भन्नुभयो, ‘स्वास्थ्यमन्त्री यहीँ हुनुहुन्छ, उहाँ आउनुभन्दा पहिले नै मैले स्वास्थ्य सचिवलाई बाँकी सबै भुक्तानी गराउन अनुरोध गरें। सरकारले प्रतिबद्धता गरेको रकम तिर्नु पर्छ। तर हामीले धान्न नसकिने प्रतिबद्धता दिएर स्वास्थ्य संस्थाले सेवा दिन नसक्ने अवस्था आएको भए त्यो पनि स्वीकार्य छैन।’ उहाँले स्वास्थ्य क्षेत्रको बजेट विना कारण घटाउन नमिल्ने र स्रोतको सदुपयोग सबैले गर्नुपर्ने पनि बताउनुभयो।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

