नेपाल हेल्थ न्युज काठमाडौं। हरेक वर्ष डिसेम्बर १२ मा मनाइने ‘युनिभर्सल हेल्थ कवरेज (युएचसी) दिवस’ आज नेपाल सहित विश्वभर मनाइदै छ।
सन् २०१२ मा संयुक्त राष्ट्रसंघले सर्वसम्मतरूपमा स्वीकृत गरेको युनिभर्सल हेल्थ कभरेजको प्रतिबद्धतालाई पुनः स्मरण गराउँदै यो दिवस मनाइन्छ।
यस वर्ष पनि 'सबैका लागि स्वास्थ्य सेवाः अबैध आर्थिक बोझ बिना गुणस्तरीय उपचार' भन्ने मूल सन्देशसहित विभिन्न कार्यक्रम भएका छन्।
यो दिवसले सबै व्यक्तिले आफ्नो आर्थिक क्षमताले बाधक नबनी स्वास्थ्य सेवा प्राप्त गर्न सक्नुपर्छ भन्ने विषयमा सरकार, नीति निर्माता, स्वास्थ्य संस्था तथा समुदायलाई एकैसाथ जोड्ने महत्त्वपूर्ण अवसरको रूपमा विश्वभर मान्यता प्राप्त गरेको छ।
नेपालमा युएचसीको आवश्यकता झनै बढ्दै
नेपाल जस्तै विकासोन्मुख मुलुकका लागि युएचसीको अर्थ अझ गहिरो छ। देशका धेरै नागरिक अझै पनि उपचार खर्च धान्न नसक्ने अवस्थामा छन् जसका कारण धेरैले उपचार नै नपाएर ज्यान गुमाउने वा दीर्घकालीन आर्थिक समस्या भोग्नुपर्ने अवस्था कायम छ।
नेपालमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार भइरहे पनि सेवा गुणवत्तामा सुधार, ग्रामीण क्षेत्रमा विशेषज्ञ सेवा, औषधिको उपलब्धता, आकस्मिक सेवा र स्वास्थ्य पूर्वाधारको पहुँच अझै चुनौतीपूर्ण विषयको रूपमा देखिन्छ।
स्वास्थ्य विज्ञहरूका अनुसार, “स्वास्थ्यमा लगानी सामाजिक न्याय, आर्थिक समृद्धि र मानव अधिकार—तीनैको आधार हो। त्यसैले युएचसी प्राप्ति राष्ट्रको दीर्घकालीन विकासको अनिवार्य पक्ष हो।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
