नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाली सेनाले स्वास्थ्य तथा प्राविधिक क्षेत्रमा जनशक्ति थप गर्न नर्सिङ ओभरसियर, डेण्टल, कम्प्युटर, डिस्प्याचर, इलेक्ट्रिसिएन, भिडियो–ग्राफर, ध्वनी सम्पादन तथा अन्य प्राविधिक सेवाहरू सहित ३८८ जना का लागि भर्ना खुला गरेको छ।
यसअन्तर्गत सेनाको प्राविधिक, हवाई तथा विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरूमा दरखास्त माग गरिएको छ।
स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित नर्सिङ ओभरसियर र डेण्टल पदमा समेत दरखास्त आह्वान गरिएको छ, जसले सेनाको स्वास्थ्य सेवागत क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ।
कोटा अनुसार माग संख्या
- खुला : २०५
- आदिवासी जनजाति : ५३
- मधेशी : ४४
- दलित : २८
- महिला : ३१
- सैनिक सन्तति : २०
- पिछडिएको क्षेत्र : ७
नेपाली सेनाले स्वास्थ्य र अन्य प्राविधिक क्षेत्रमा मानव संसाधन विस्तारसँगै सेवा–सुविधा अझ प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
