नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य मन्त्रालयका पूर्व अतिरिक्त सचिव डा. टंकप्रसाद बाराकोटीले नेपाल चिकित्सक संघको आगामी निर्वाचनमा कोशी प्रदेशबाट उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
आगामी फागुन महिनामा हुने निर्वाचनमा उहाँ अध्यक्ष पदका प्रत्यासी डा. मंगल रावल नेतृत्वको समूहबाट चुनावी प्रतिस्पर्धामा उत्रिन लाग्नुभएको हो।
डा. बाराकोटीले चिकित्सक समुदायसँग सरोकार राख्ने विषयहरूलाई व्यवहारमा उतार्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताउँदै सबै चिकित्सकको सहयोग र समर्थनको अपेक्षा गर्नुभएको छ।
स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा रहँदै गर्दा उहाँले गत कात्तिक १९ गते पदबाट राजीनामा दिनुभएको थियो। करिब दुई वर्ष कार्यकाल बाँकी रहँदै विशिष्ट श्रेणीको सरकारी सेवाबाट अवकाश लिएर हाल बिरामी सेवामा सक्रिय रहनुभएको छ।
हाल कोशी प्रदेशमा कार्यरत डा. बाराकोटीले चिकित्सक संघको निर्वाचनमार्फत संस्थागत सुधार र चिकित्सक हितका एजेन्डालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सरकारी सेवामा रहँदा चिकित्सकहरूको पेशागत अधिकार, सुविधा र कल्याणका लागि अघि बढाइएका पहलहरू ‘बाराकोटी प्रतिवेदन’का नामले परिचित छन्। ती प्रतिवेदनका सिफारिसहरू कार्यान्वयन गर्न डा. मंगल रावलको टिम आवश्यक रहेको उल्लेख गर्दै उहाँले मतदातासँग समर्थनको अपिल गर्नुभएको छ।
यसैबीच अध्यक्ष पदका उम्मेदवार डा. मंगल रावलले डा. बाराकोटीको उम्मेदवारीप्रति खुशी व्यक्त गर्दै चिकित्सा क्षेत्रमा सुधारको आधार मानिएको बाराकोटी प्रतिवेदनको प्रभावकारी कार्यान्वयन आफ्नो टिमबाट मात्र सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले डा. बाराकोटीलाई उम्मेदवारीका लागि बधाई तथा सफलताको शुभकामना दिनुभएको छ।
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३

