नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघको आसन्न निर्वाचनलाई लक्षित गर्दै डा. एकानन्द सिंहले उपाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका गर्नुभएको छ। उहाँ मधेश प्रदेश संयोजकको रूपमा उपाध्यक्ष पदमा उम्मेदवार बन्न लाग्नुभएको हो।
हाल डा. सिंह किष्ट मेडिकल कलेज तथा मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सर्जनका रूपमा कार्यरत हुनुहुन्छ।
उहाँले नेपाली स्वास्थ्य क्षेत्रमा देखिँदै आएको सिन्डिकेट र कृपावादको अन्त्य गर्ने उद्देश्यका साथ निर्वाचनमा सहभागिता जनाउन लागेको बताउनुभएको छ।
नेपाल चिकित्सक संघको निर्वाचन काठमाडौं बाहिर आगामी माघ २ र ३ गते हुने छ भने काठमाडौं उपत्यकाभित्र माघ १५, १६ र १७ गते मतदान हुने कार्यक्रम तय भएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

