नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल स्वास्थ्यकर्मी सङ्घको अध्यक्षमा रामजी घिमिरे पुनः सर्वसम्मत रूपमा चयन हुनुभएको छ। काभ्रेको पाँचखालमा मङ्सिर २६ र २७ गते सम्पन्न आठौँ महाधिवेशनले घिमिरेलाई अध्यक्ष बनाएको हो ।
घिमिरे सातौँ महाधिवेशनबाट पनि सङ्घको अध्यक्ष हुनुहुन्थ्यो। महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा रामचन्द्र शाह र साहिली गिरीलाई चयन गरेको छ। उपाध्यक्षमा डा. ऋषिकेश भुसाल, रामबहादुर मल्ल र यमबहादुर खड्कालाई चयन गरिएको छ।
त्यस्तै, महासचिवमा मिनराज पन्थी, उपमहासचिवमा शोभा उप्रेती खरेल र इन्द्रजित यादव, कोषाध्यक्षमा महेन्द्र थापा तथा सह(कोषाध्यक्षमा राधिका भुर्तेललाई चयन गरेको नवनिर्वाचित महासचिव पन्थीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

