नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल स्वास्थ्यकर्मी सङ्घको अध्यक्षमा रामजी घिमिरे पुनः सर्वसम्मत रूपमा चयन हुनुभएको छ। काभ्रेको पाँचखालमा मङ्सिर २६ र २७ गते सम्पन्न आठौँ महाधिवेशनले घिमिरेलाई अध्यक्ष बनाएको हो ।
घिमिरे सातौँ महाधिवेशनबाट पनि सङ्घको अध्यक्ष हुनुहुन्थ्यो। महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा रामचन्द्र शाह र साहिली गिरीलाई चयन गरेको छ। उपाध्यक्षमा डा. ऋषिकेश भुसाल, रामबहादुर मल्ल र यमबहादुर खड्कालाई चयन गरिएको छ।
त्यस्तै, महासचिवमा मिनराज पन्थी, उपमहासचिवमा शोभा उप्रेती खरेल र इन्द्रजित यादव, कोषाध्यक्षमा महेन्द्र थापा तथा सह(कोषाध्यक्षमा राधिका भुर्तेललाई चयन गरेको नवनिर्वाचित महासचिव पन्थीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
