नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने तयारी गरेको छ।
संघका हालका वरिष्ठ उपाध्यक्ष रहेका डा. रिजालको नेतृत्वमा रहेको टिममा हालका महासचिव डा. सन्जिब तिवारी वरिष्ठ उपाध्यक्षमा र डा. विश्वराज दवाडीले महासचिवमा उम्मेदवारी दिने छन्।
डा. दवाडीले यसअघि अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। तर डा. रिजाल र डा. तिवारीको टिममा आफू महासचिवमा बस्ने भन्दै उनले महासचिवमा उम्मेदवारी दिने भएका हुन्।
टिममा अन्य पदका उम्मेदवारहरू पनि लगभग तय भइसकेका छन् र मंगलबार टिमको औपचारिक घोषणा गरिने तयारी छ।
यस टिमले संघभित्र एकता, पेशागत मर्यादा र सेवामूलक भूमिका सुदृढ गर्ने लक्ष्य राखेको छ। प्रमुख एजेन्डामा चिकित्सकहरूको हकहित, संस्थागत सुधार र पेशागत सुरक्षा रहेका छन्।
अघिल्लो तयारीअनुसार, अध्यक्षमा डा. मंगल रावल, महासचिवमा डा. पदम नेपाली टिम मंगल र स्वतन्त्र उम्मेदवार डा. अमृत भुसालले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

