नेपाल हेल्थ न्युज, काठमाडौं । भारतको नयाँ दिल्लीमा पुस २ देखि ४ गतेसम्म परम्परागत चिकित्सासम्बन्धी दोस्रो विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) शिखर सम्मेलन आयोजना हुने भएको छ।
डब्लूएचओले अघि सारेको विश्वव्यापी परम्परागत चिकित्सा रणनीति २०२५–२०३४ लाई आधार मानेर आयोजना हुन लागेको यो सम्मेलनले जनमुखी स्वास्थ्य सेवा प्रवर्द्धन र पृथ्वीको समग्र स्वास्थ्यमा परम्परागत चिकित्सा प्रणालीहरूको भूमिकामाथि छलफल गर्नेछ।
सन् २०२३ मा सम्पन्न पहिलो शिखर सम्मेलन तथा त्यसबाट जारी गरिएको ऐतिहासिक गुजरात घोषणापत्रको सफलतापछि आगामी सम्मेलनमा परम्परागत चिकितसा प्रणालीसँग सम्बन्धित विज्ञान, ज्ञान र अनुसन्धानका विषयमा गहिरो संवाद हुने बताइएको छ।
सम्मेलनमा विश्वका विभिन्न देशका नेता, वैज्ञानिक, परम्परागत चिकित्सा अभ्यासकर्ता र समुदायका प्रतिनिधिहरूको सहभागिता रहनेछ। यस अवसरमा सहकार्यलाई सुदृढ बनाउने, डब्लूएचओको नयाँ वैश्विक परम्परागत चिकित्सा रणनीति २०२५–२०३४ को कार्यान्वयनलाई गति दिने तथा गुजरात घोषणापत्रलाई व्यवहारमा उतार्ने लक्ष्य लिइएको छ।
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
बुधबार, साउन १३, २०८३
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
