नेपाल हेल्थ न्युज, चितवन । चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको ज्यान गएको छ। पछिल्लो साउन महिनायता उपचारका लागि आएका १७ जना सङ्क्रमितमध्ये ६ जनाको मृत्यु भएको जनाइएको छ।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका दुई जना, खैरहनी नगरपालिकाका एक जना, राप्ती नगरपालिकाका दुई जना र कालिका नगरपालिकाका एक जना रहेका छन्। मृत्यु भएका व्यक्तिहरूको उमेर उनीहरुमध्ये एक जना ८९, एक जना ८१, दुई जना ७०, एक जना ४२, एक जना ३९ वर्षका रहेका छन् ।
सङ्क्रमितमध्ये १० जना महिला हुन भने सात जना पुरुष रहेका छन् । उनीहरुमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र नौ जना ६० वर्षमाथिका रहेका छन् ।
अधिकांश सङ्क्रमितले जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप नलगाएको पाइएको छ भने दुई जनाको खोपसम्बन्धी विवरण स्पष्ट नभएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
स्थानगत रूपमा हेर्दा भरतपुर महानगरपालिकाका सात जना, खैरहनी नगरपालिकाका चार जना, राप्ती नगरपालिकाका दुई जना, कालिका नगरपालिकाका दुई जना तथा माडी र रत्ननगर नगरपालिकाका एक–एक जना सङ्क्रमित रहेका छन्।
जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे प्रायः घर बाहिर बस्ने, बिहान र साँझ बढी सक्रिय हुने र बाहिर नै टोक्ने गर्दछ। सङ्क्रमित सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोकेपछि मानिसमा रोग सर्न सक्छ। धानखेती भएका क्षेत्रमा यस प्रजातिको लामखुट्टेले अण्डा पार्ने र लार्भा विकास गर्ने भएकाले जोखिम बढ्ने गर्दछ।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
