नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघ ‘एनएमए’को आगामी निर्वाचनका लागि डा. बद्री रिजालको नेतृत्वमा र्को समूहले चुनावमा उम्मेदवारी दिएको छ ।
रिजाल नेतृत्वको टोलीले आज संघको कार्यालयमा पुगेर निर्वाचन समितिमा आफ्नो उम्मेदवारी दर्ता गराएको छ। अध्यक्ष पदका लागि डा. बद्री रिजाल, बरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल, र सहकोषाध्यक्षमा डा. तेजसुसिह मल्लको उम्मेदवारी दर्ता भएको छ।
प्रदेश संयोजकका उम्मेदवारहरू यसप्रकार छन्ः कोशी प्रदेशबाट डा. रोशन खड्का, मधेशबाट डा. अमित रञ्जन मिश्र, बागमतीबाट डा. विना श्रेष्ठ, लुम्बिनीबाट डा. दिनेश चौधरी, गण्डकीबाट डा. नवराज लम्डारी, कर्णालीबाट डा. सोभित, र सुदूरपश्चिमबाट डा. प्रमोद जोशी।
सदस्य पदका उम्मेदवारमा डा. प्रभुराम घिमिरे, डा. राकेश साह, डा. सुवास भट्टराई, डा. हिमलाल भण्डारी, सुवोध मिश्र र डा. सोहित काफ्ले रहेका छन्।
यसअघि डा. मंगल रावलको नेतृत्वमा अर्को समूहले पनि उम्मेदवारी घोषणा गरिसकेको छ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
