नेपाल हेल्थ न्युज, ठिमी, भक्तपुर। नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालका कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार रौशनले आफू कुनै पनि राजनीतिक दलमा प्रवेश गरेको भन्ने विषयमा सामाजिक सञ्जालमार्फत फैलिएको सूचनाप्रति खेद व्यक्त गर्दै स्पष्टिकरण दिनुभएको छ ।
डा. रौशनका अनुसार पछिल्ला दिनहरूमा उहाँको व्यक्तिगत भेटघाट तथा औपचारिक कार्यक्रमहरूलाई आधार बनाएर नेकपा (एमाले) लगायत कुनै राजनीतिक दलमा प्रवेश गरिएको भन्दै भ्रामक प्रचार गरिएको जानकारी सामाजिक सञ्जालमा देखिएको थियो। उक्त प्रचार तथ्यहीन र गलत रहेको उहाँको भनाइ छ।
'म हालसम्म चिकित्सक पेशामै आबद्ध भई निरन्तर सेवा गर्दै आएको छु। मेरो कुनै पनि राजनीतिक दलसँग औपचारिक आबद्धता छैन'- उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका गर्नुभएको छ। उहाँले सबै राजनीतिक दलहरूसँग आफ्नो सम्बन्ध सुमधुर रहे पनि आफू कुनै पनि दलको सदस्य नरहेको स्पष्ट पार्नुभएको छ।
डा. रौशनले राजनीतिक गतिविधिभन्दा पनि स्वास्थ्य सेवा र आफ्नो पेशागत जिम्मेवारीप्रति समर्पित रही काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै यस्ता भ्रामक प्रचारले आफूलाई दुःख लागेको बताउनुभयो ।
नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमार्फत जनस्वास्थ्य सेवामा सक्रिय रहँदै आएका डा. रौशनले आम नागरिकलाई यस्ता अपुष्ट र भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गर्दै यो स्पष्टिकरण जारी गरिएको जानकारी गराउनुभएको छ ।

नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
बुधबार, साउन १३, २०८३
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
