नेपाल हेल्थ न्युज, ठिमी, भक्तपुर। नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालका कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार रौशनले आफू कुनै पनि राजनीतिक दलमा प्रवेश गरेको भन्ने विषयमा सामाजिक सञ्जालमार्फत फैलिएको सूचनाप्रति खेद व्यक्त गर्दै स्पष्टिकरण दिनुभएको छ ।
डा. रौशनका अनुसार पछिल्ला दिनहरूमा उहाँको व्यक्तिगत भेटघाट तथा औपचारिक कार्यक्रमहरूलाई आधार बनाएर नेकपा (एमाले) लगायत कुनै राजनीतिक दलमा प्रवेश गरिएको भन्दै भ्रामक प्रचार गरिएको जानकारी सामाजिक सञ्जालमा देखिएको थियो। उक्त प्रचार तथ्यहीन र गलत रहेको उहाँको भनाइ छ।
'म हालसम्म चिकित्सक पेशामै आबद्ध भई निरन्तर सेवा गर्दै आएको छु। मेरो कुनै पनि राजनीतिक दलसँग औपचारिक आबद्धता छैन'- उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका गर्नुभएको छ। उहाँले सबै राजनीतिक दलहरूसँग आफ्नो सम्बन्ध सुमधुर रहे पनि आफू कुनै पनि दलको सदस्य नरहेको स्पष्ट पार्नुभएको छ।
डा. रौशनले राजनीतिक गतिविधिभन्दा पनि स्वास्थ्य सेवा र आफ्नो पेशागत जिम्मेवारीप्रति समर्पित रही काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै यस्ता भ्रामक प्रचारले आफूलाई दुःख लागेको बताउनुभयो ।
नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमार्फत जनस्वास्थ्य सेवामा सक्रिय रहँदै आएका डा. रौशनले आम नागरिकलाई यस्ता अपुष्ट र भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गर्दै यो स्पष्टिकरण जारी गरिएको जानकारी गराउनुभएको छ ।

घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
