नेपाल हेल्थ न्युज, काठमाडौं । ठिमीस्थित राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा प्रमुख जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेल नियुक्त हुनुभएको छ।
स्वास्थ्य मन्त्री डा. सुधा शर्माले गत २५ मंसिरको मन्त्रीस्तरीय निर्णयअनुसार डा. पौडेललाई केन्द्रको निर्देशकमा नियुक्त गरिएको हो। उनले हिजो औपचारिक रूपमा पदबहाली गर्नुभएको छ। यसअघि निर्देशक रहनुभएका डा. श्रीराम तिवारीलाई वीर अस्पताल सरुवा गरिएको छ।
निर्देशक पौडेलले गत २४ कात्तिकमा ११ औं तहमा नाम निकाल्नुभएको थियो। लामो समयको प्रतीक्षापछि बढुवा भएको एक महिनामै उहाँले स्वास्थ्य क्षेत्रको महत्वपूर्ण निकायको जिम्मेवारी पाउनुभएको छ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

