नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आगामी ७४ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसन्सिङ् एक्जामिनेशन) को लागि अनलाइन आवेदन फारम खुला भएको जानकारी दिएको छ। सम्बन्धित सबैले आफ्नो आवेदन समयमै बुझाउन आग्रह गरिएको छ।
आवेदन फारम भर्ने मिति पौष ४ देखि पौष २४ सम्म तोकिएको छ भने विलम्ब शुल्क सहितको आवेदन पौष २५ र २६ गतेसम्म स्वीकार गरिनेछ। परीक्षा माघ १३ देखि १५ गतेसम्म इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक, ललितपुरमा सञ्चालन हुने छ।
नेपाल मेडिकल काउन्सिलले आवेदन फारम exam.nmc.org.np मा दिइएको निर्देशन अनुसार मात्र अनलाइन बुझाउनुपर्ने उल्लेख गरेको छ। अन्य माध्यमबाट बुझाइएका आवेदन र शुल्क मान्य हुनेछैन। थप जानकारीको लागि नेपाल मेडिकल काउन्सिल परीक्षा समितिसँग सम्पर्क गर्न सकिने बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३
नर्सिङ सुधारको माग गर्दै ज्योति रानाभाटको अनिश्चितकालीन सत्याग्रह सुरु
बिहीबार, साउन १४, २०८३
आईसीयूमा भर्ना नपाएको भन्दै बिरामीका आफन्तद्वारा भक्तपुर अस्पतालमा तोडफोड
बिहीबार, साउन १४, २०८३ट्रेन्डिङ
२

