नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आगामी ७४ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसन्सिङ् एक्जामिनेशन) को लागि अनलाइन आवेदन फारम खुला भएको जानकारी दिएको छ। सम्बन्धित सबैले आफ्नो आवेदन समयमै बुझाउन आग्रह गरिएको छ।
आवेदन फारम भर्ने मिति पौष ४ देखि पौष २४ सम्म तोकिएको छ भने विलम्ब शुल्क सहितको आवेदन पौष २५ र २६ गतेसम्म स्वीकार गरिनेछ। परीक्षा माघ १३ देखि १५ गतेसम्म इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक, ललितपुरमा सञ्चालन हुने छ।
नेपाल मेडिकल काउन्सिलले आवेदन फारम exam.nmc.org.np मा दिइएको निर्देशन अनुसार मात्र अनलाइन बुझाउनुपर्ने उल्लेख गरेको छ। अन्य माध्यमबाट बुझाइएका आवेदन र शुल्क मान्य हुनेछैन। थप जानकारीको लागि नेपाल मेडिकल काउन्सिल परीक्षा समितिसँग सम्पर्क गर्न सकिने बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मनाइयो विश्व स्ट्रोक दिवस
बिहीबार, कात्तिक १२, २०८३
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको कार्यसम्पादन सम्झौता
बिहीबार, कात्तिक १२, २०८३
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा कर्मचारी माग, कात्तिक २१ गतेसम्म आवेदन दिन सकिने
बिहीबार, कात्तिक १२, २०८३
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
