नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले २३ र २४ भदौमा भएको जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिहरूलाई मासिक जीवन निर्वाह भत्ता दिने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, घाइतेहरूको अपाङ्गता र गम्भीरता अनुसार आर्थिक सहायता उपलब्ध गराइनेछ।
राहत सहायता कार्यविधि–२०८२ अनुसार घाइतेहरूलाई चारवटा वर्ग – साधारण, मध्यम, गम्भीर र अति गम्भीरमा विभाजन गरी मासिक भत्ता प्रदान गरिनेछ।
मध्यम घाइतेले ४ हजार, गम्भीर ९ हजार र अति गम्भीर घाइतेले १८ हजार रुपैयाँ मासिक भत्ता पाउनेछन्। साधारण घाइतेले नगद राहत पाउने छैनन्।
हालसम्म काठमाडौं, कास्की र चितवनका १ सय ८३ जनाको वर्गीकरण सम्पन्न भएको छ। काठमाडौंमा १ सय ६० जनामध्ये १६ अति गम्भीर, ५२ गम्भीर, ३७ मध्यम र ५५ सामान्य घाइते रहेका छन्।
कास्कीमा ७ जना – २ अति गम्भीर, ३ गम्भीर र २ सामान्य, भने चितवनमा ७ जनामध्ये ३ मध्यम र ४ सामान्य घाइते छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ७४ स्वास्थ्य संस्थाबाट २ हजार ५ सय २२ जना घाइतेहरूको विवरण प्राप्त भएको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

