नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं राष्ट्रिय ट्रमा सेन्टरमा डा. रुद्र मरासिनीलाई निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदको जिम्मेवारी दिइएको छ। यो नियुक्ति डा. बद्री रिजालले आफ्नो पदबाट राजीनामा दिएपछि भएको हो।
डा. रिजालले नेपाल चिकित्सक संघको आगामी निर्वाचनमा अध्यक्ष पदका उम्मेदवारको रूपमा दर्ता गर्दा नैतिकताको आधारमा आफ्नो जिम्मेवारीबाट हटिएको बताउनुभयो। वरिष्ठता र अनुभवलाई ध्यानमा राख्दै, उहाँले डा. मरासिनीलाई सेन्टरको जिम्मेवारी हस्तान्तरण गर्नुभयो।
नवनियुक्त डा. रुद्र मरासिनी राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ र अस्पतालका अति प्रतिष्ठित तथा अनुभवी चिकित्सकहरूमा गनिन्छन्। उहाँसँग चिकित्सा क्षेत्रसँगै प्रशासनिक नेतृत्वमा गहिरो अनुभव छ।
डा. मरासिनीले विगतमा ट्रमा सेन्टरको नेतृत्व गरिसक्नुभएको छ भने स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र व्यवस्थापन महाशाखाको प्रमुखको जिम्मेवारी समेत सम्हाल्नुभएको छ। यसैगरी, उहाँ भरतपुर अस्पतालको नेतृत्व पनि गरिसक्नुभएको छ, जसले उहाँको बहुआयामिक अनुभव र नेतृत्व क्षमताको पुष्टि गर्दछ।
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३

