नेपाल हेल्थ न्युज, विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर घाइते भएका एक इन्टर्न डाक्टरको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ६ः३० बजे मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेका ३४ वर्षीय अमित यादव गम्भीर घाइते भएका थिए।
टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्कालै सोही अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि भर्ना गरिएको थियो।
अस्पताल प्रशासनका अनुसार उपचारकै क्रममा आज बिहान यादवको निधन भएको हो। उनी सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका स्थायी बासिन्दा तथा नोबेल मेडिकल कलेजमा एमबीबीएस इन्टर्नशिप गरिरहेका थिए। घटनाबारे थप विवरण संकलन गर्न प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
बुधबार, साउन १३, २०८३
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३ट्रेन्डिङ
