नेपाल हेल्थ न्युज, विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर घाइते भएका एक इन्टर्न डाक्टरको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ६ः३० बजे मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेका ३४ वर्षीय अमित यादव गम्भीर घाइते भएका थिए।
टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्कालै सोही अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि भर्ना गरिएको थियो।
अस्पताल प्रशासनका अनुसार उपचारकै क्रममा आज बिहान यादवको निधन भएको हो। उनी सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका स्थायी बासिन्दा तथा नोबेल मेडिकल कलेजमा एमबीबीएस इन्टर्नशिप गरिरहेका थिए। घटनाबारे थप विवरण संकलन गर्न प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
