नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को उपाध्यक्ष (बागमती संयोजक) पदमा डा. मंगल रावल टिमबाट उम्मेदवारी दिएका डा. अरुण शाहीको उम्मेदवारी खारेज गरिएको छ। निर्वाचन समितिले वारेसनामा नमिलेको जनाउँदै उहाँको उम्मेदवारी रद्द गरेको हो।
उम्मेदवारी घोषणा गरेपछि बेलायत गएका डा. शाहीले मंसिर २३ गते डा. विपिन पौडेललाई आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गर्न वारेसनामा दिएको बताउनुभएको छ। उहाँका अनुसार सो समयसम्म वारेसनामा अनिवार्य रूपमा नोटरी पब्लिकबाट प्रमाणित गर्नुपर्ने व्यवस्था निर्वाचन समितिले सार्वजनिक गरेको थिएन।
निर्वाचन समितिले मंसिर २८ गते मात्रै नोटरी पब्लिकबाट प्रमाणित वारेसनामा आवश्यक पर्ने सूचना जारी गरेको थियो। सोही वारेसनामा पछि नोटरी पब्लिकबाट प्रमाणित गरिएको भए पनि उम्मेदवारी खारेज गरिएको डा. शाहीको भनाइ छ।
उम्मेदवारी खारेजीप्रति असन्तुष्टि जनाउँदै डा= शाहीले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनबाट वञ्चित हुँदा दुःख लागेको बताएका छन्। सुरुमा कागजात पुगेको भन्दै उम्मेदवारी दर्ता गरिसकेपछि पुनः खारेज गरिनु रहस्यमय भएको उनको आरोप छ।
बागमती उपाध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको थियो। डा. शाहीका अनुसार संस्थापन पक्षका उम्मेदवार डा. सुवास भट्टराईले उहाँको उम्मेदवारी खारेजीका लागि निर्वाचन समितिमा उजुरी दिनुभएको थियो ।
यसैबीच, अध्यक्ष पदका उम्मेदवार डा. मंगल रावलले निर्वाचन समितिको उक्त निर्णयविरुद्ध अदालत जाने बताउनुभएको छ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
