नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को आगामी कार्यकारिणी समिति निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार डा. अरुण शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश दिएको छ।
संघको निर्वाचन प्रक्रियामा गैरकानुनी रूपमा सहभागी हुनबाट वञ्चित गरिएको भन्दै डा. शाहीले उजुरी दिएका थिए। प्रशासनले उक्त उजुरीको समीक्षा गर्दै डा। शाहीको उम्मेदवारी वैध ठहर गरेको हो।
जिल्ला प्रशासन कार्यालयले २०८२/०९/०८ मा जारी पत्रमा नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० अनुसार उम्मेदवारी दर्ता गरेका चिकित्सकलाई निर्वाचनमा सहभागी गराउन निर्देशन दिएको छ।
संघले माघ २ र ३ गते शाखा कार्यालय तथा माघ १५, १६ र १७ गते केन्द्रीय कार्यालय काठमाडौंमा निर्वाचन गर्ने सूचना प्रकाशित गरेको अवस्थामा डा. शाहीलाई गैरकानुनी रूपमा निर्वाचनमा सहभागी हुनबाट रोकिएको उजुरी परेको थियो।
प्रशासनले निर्वाचन नियमावलीको परिच्छेद ४, नियम १ को व्याख्या गर्दै उम्मेदवारले स्वयं वा प्रतिनिधिमार्फत तोकिएको समयसीमाभित्र मनोनयन पत्र दर्ता गर्न सक्ने व्यवस्था स्पष्ट रहेको उल्लेख गरेको छ।
साथै नियमावली विपरीत मनोमानी शर्त राखेर लोकतान्त्रिक निर्वाचन प्रक्रियामा भाग लिनबाट वञ्चित गर्नु कानुन विपरीत भएको ठहर गरिएको छ। प्रशासकीय अधिकृत जनक कोइरालाद्वारा हस्ताक्षरित उक्त पत्रपछि डा. अरुण शाहीको उम्मेदवारी यथावत् राख्नुपर्ने भएको छ।
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३

