नेपाल हेल्थ न्युज, विराटनगर । कोशी प्रदेशका चिकित्सकहरूले प्रदेश सरकारले आफूहरूमाथि विभेद गरेको आरोप लगाएका छन् । योग्य र अनुभवी प्रादेशिक चिकित्सक हुँदाहुँदै सङ्घीय सरकारअन्तर्गतका चिकित्सकलाई प्रदेशका अस्पतालमा मेसु जस्ता महत्त्वपूर्ण जिम्मेवारी दिइएको उनीहरूको गुनासो छ ।
कोशी प्रदेश प्रादेशिक चिकित्सक समूहले स्वास्थ्य मन्त्रालयमार्फत प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै प्रदेशकै वरिष्ठ चिकित्सकलाई नेतृत्व दिनुपर्ने माग राखेको छ । माग पूरा नभए सामूहिक सेवा बहिष्कार गर्ने चेतावनी दिइएको छ ।
हाल १५ जिल्ला अस्पतालमध्ये नौ वटामा सङ्घीय चिकित्सक नेतृत्वमा छन् । प्रदेशमा ९ र १० औँ तहका विशेषज्ञ चिकित्सक उपलब्ध हुँदाहुँदै पनि उपेक्षा गरिएको समूहको दाबी छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले मागलाई गम्भीर रूपमा लिँदै क्रमशः प्रदेशकै चिकित्सकलाई जिम्मेवारी दिने आश्वासन दिनुभएको छ ।
चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
