नेपाल हेल्थ न्युज, विराटनगर । विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परेर क्रिकेट खेलाडी मिनष थापाको ज्यान गएको छ। बिहीबार बिहान विराटनगर महानगरपालिका–४ भित्र पर्ने सडक खण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको मृत्यु भएको हो।
प्रहरीका अनुसार विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब १२स्४५ बजेतिर नियन्त्रण बाहिर गई दुर्घटनामा परेको थियो।
दुर्घटनापछि गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मिनष थापा कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटरका रूपमा चिनिन्थे। उनले विराटनगर किङ्सको तर्फबाट पोखरा प्रिमियर लिग खेलिसकेका थिए भने विभिन्न फ्रेन्चाइज लिगहरूमा पनि सहभागिता जनाएका थिए।
प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
