नेपाल हेल्थ न्युज, विराटनगर । विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परेर क्रिकेट खेलाडी मिनष थापाको ज्यान गएको छ। बिहीबार बिहान विराटनगर महानगरपालिका–४ भित्र पर्ने सडक खण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको मृत्यु भएको हो।
प्रहरीका अनुसार विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब १२स्४५ बजेतिर नियन्त्रण बाहिर गई दुर्घटनामा परेको थियो।
दुर्घटनापछि गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मिनष थापा कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटरका रूपमा चिनिन्थे। उनले विराटनगर किङ्सको तर्फबाट पोखरा प्रिमियर लिग खेलिसकेका थिए भने विभिन्न फ्रेन्चाइज लिगहरूमा पनि सहभागिता जनाएका थिए।
प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
बुधबार, साउन १३, २०८३
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३ट्रेन्डिङ
