नेपाल हेल्थ न्युज, बुटवल। रुपन्देहीको तिलोत्तमामा सम्पन्न नेपाल स्वास्थ्यकर्मी संघको आठौँ केन्द्रीय महाधिवेशनबाट दीपकराज भट्ट केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको छ । यही पुस १० गते सम्पन्न महाधिवेशनले भट्टको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको हो।
निर्वाचन समितिद्वारा सार्वजनिक गरिएको अन्तिम नतिजाअनुसार संघका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध रूपमा चयन हुनुभएको छ। महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विश्वबन्धु विनायी निर्वाचित हुनुभएको छ।
त्यसैगरी उपाध्यक्ष पदमा मिना श्रेष्ठ, बसन्तकुमार आचार्य, हरिहर तिवारी, रमेश दाशौदी, हर्कबहादुर खड्का, मुरारी आचार्य, शारदा कुमारी यादव, केदारनाथ शाह र कमल नारायण चौधरी चयन हुनुभएको छ।
महासचिवको जिम्मेवारी विष्णु लामिछानेलाई दिइएको छ भने उपमहासचिवमा दिलेन्द्र श्रेष्ठ, जगेन्द्र मण्डल, डबल बहादुर बी.सी., निखिल पोखरेल र अनिल सेन ठकुरी चयन हुनुभएको छ। कोषाध्यक्षमा सुरेश दवाडी निर्वाचित हुँदा सचिव पदमा चिरञ्जीवी पाण्डे, मदन पोखरेल, प्रतिभा सिंह र तारा बहादुर बस्नेत रहनुभएको छ ।
केन्द्रीय सदस्यहरूमा गणेश प्रसाद नेपाल, प्रमोद प्रसाद कश्यप, पुनम कुमारी शाह, गजेन्द्र बहादुर थापा, इन्द्रा लोहनी, विष्णु प्रसाद खनाल, सुजता भट्टराई, लक्ष्मणनाथ योगी, बम प्रसाद भट्ट, अनिल कुमार शाह, रमेश कुमार खनी, हरि प्रसाद जैसी, प्रदीप योगी, मिना कुमारी कार्की, होमनाथ सुवेदी, दिपेन्द्र कुमार सिंह, गंगा सेनी, गणेशराज पौडेल, सिताराम चौधरी, लोक प्रकाश रोकाय, नवराज खड्का, विष्णु प्रसाद शर्मा, आलोक कुमार चौधरिया, हिरालाल शाह, रोषण श्रेष्ठ र धुर्वराज भिमिरे चयन हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिले स्वास्थ्यकर्मीहरूको हकहित संरक्षण, पेशागत सुरक्षाको सुनिश्चितता, सेवा–सुविधा विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धनका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ। महाधिवेशनको उद्घाटन कांग्रेस नेता भरत कुमार शाहले गर्नुभएको थियो।


मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
बुधबार, साउन १३, २०८३
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
