नेपाल हेल्थ न्युज, तनहुँ । शुक्लागण्डकी नगरपालिका–११ राइपुरमा रहेको ढोरफूलबारी सहिद अस्पतालमा बिहीबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी नागरिकले सेवा लिएका छन्। स्थानीय वडा कार्यालयको समन्वयमा तथा तनहुँ सेवा अस्पताल दुलेगौंडा र यूआरएल फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।
शिविरका क्रममा भिडियो एक्स–रे, इसिजी, फोक्सो परीक्षण, प्रयोगशाला सेवा तथा निःशुल्क औषधि वितरण गरिएको थियो। अस्पतालका प्रमुख डा. विज्ञान क्षेत्रीका अनुसार पेट, मुटु, हाडजोर्नी, स्त्री तथा प्रसूति, छाला र यौनरोगसम्बन्धी स्वास्थ्य जाँच सेवा प्रदान गरिएको थियो।
विशेषगरी महिला र ज्येष्ठ नागरिकहरू शिविरबाट बढी लाभान्वित भएको उनले बताए। शुक्लागण्डकी नगरपालिका–१०, ११ र १२ का विभिन्न बस्तीका साथै स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिकाबाट समेत बिरामीहरू स्वास्थ्य परीक्षणका लागि शिविरमा सहभागी भएका थिए।
शिविरमा पेट, मुटु, छाती, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. कृष्णराज अधिकारी, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. मेघराज लामिछाने, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुनिता सिलवाल, छाला तथा यौन रोग विशेषज्ञ डा. रमेश शर्मा, एमडिजिपी डा. रविबहादुर गुरुङ, डा. विज्ञान क्षेत्री तथा रेडियोलोजिष्ट डा. सन्तोष बरालले सेवा प्रदान गरेका थिए।
कानुन विपरीत सञ्चालन भएका अस्पतालमा काम नगर्न चिकित्सकलाई निर्देशन
आइतबार, असार ७, २०८३
टिचिङमा असार १५ देखि स्वास्थ्य बिमा पुन सुचारु हुने
आइतबार, असार ७, २०८३
प्रा. डा. चन्दा कार्कीका दुई कृतिमार्फत समाजसेवाको नयाँ अभियान
आइतबार, असार ७, २०८३
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
आइतबार, असार ७, २०८३
