नेपाल हेल्थ न्युज, काठमाडौं । उच्च अदालत पाटनले नेपाल चिकित्सक संघ र त्यसअन्तर्गत गठन गरिएको निर्वाचन समितिको नाममा कारण देखाउन आदेश जारी गरेको छ। अदालतले साथै, अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश पनि दिएको छ।
उम्मेद्धारीलाई निर्वाचन प्रक्रियामा सहभागी हुन नदिइएको भन्दै बरिष्ठ उपाध्यक्षका उम्मेद्धार डा. अजयकुमार मिश्रले गत ९ पुसमा संघ र निर्वाचन समितिलाई विपक्षी बनाई रिट दायर गरेका थिए। प्रारम्भिक सुनुवाइका क्रममा अदालतले उक्त कारण देखाउन आदेश दिएको हो।
डा. मिश्रले आरोप लगाएका छन् कि निर्वाचन समितिले छलफलसमेत नगरी ‘रित नपुगेको’ भन्दै उनको उम्मेदवारी खारेज गरेको थियो। उनी भन्छन्, ‘संघको विधान वा नियमावलीमा कहीं पनि ‘वारेस नामाको’ कुरा छैन र रोटरी अनिवार्य छैन। मैले आकस्मिक कारणले उपस्थित हुन नसक्दा हस्तलिखित निवेदनमार्फत वारेसनासहित उम्मेदवारी पेश गरेको थिएँ। तर निर्वाचन समितिले अन्यायपूर्ण तरिकाले उम्मेदवारी खारेज गर्यो।’
उनी थप्छन् कि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका अन्य उम्मेद्धारहरू पनि यस मुद्दामा सहभागी छन्, जसमा डा. हरिशंकर कार्की (कोशी), डा. मोहम्मद अमनुल हक (मधेश), डा. लक्ष्मण शर्मा (लुम्बिनी), डा. जीवन क्षेत्री र डा. गणेश चौधरी समावेश छन्।

यसैबीच, डा. अरुण शाही पनि निर्वाचन प्रक्रियामा आफ्नो नाम छुटेको भन्दै अदालत जाने तयारीमा छन्। डा. शाही उपाध्यक्ष (बागमती प्रदेश संयोजक)का उम्मेद्धार थिए। उनका अनुसार, ‘निर्वाचन समितिले रोटरी नमिलेको भन्दै मेरो उम्मेदवारी खारेज गरेको छ। जिल्ला प्रशासन कार्यालयले मेरो मनोनयन दर्ता स्वीकार गरेको भए पनि अन्तिम नामावलीमा मेरो नाम छुटाइएको छ।’
नेपाल चिकित्सक संघको निर्वाचन नियमावली २०७० को अनुसार, रित नपुगेको देखिएमा निर्वाचन अधिकृतले विवरण सच्याएर मनोनयन पत्र दर्ता गर्नुपर्ने व्यवस्था छ। तर डा. मिश्र र डा. शाही दाबी गर्छन् कि निर्वाचन समितिले यस नियमको उल्लङ्घन गर्दै अनावश्यक शर्त राखेर उम्मेदवारी रोक्ने प्रयास गरेको छ। अदालतको कारण देखाउ आदेशपछि यस विषयमा थप कानुनी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
बुधबार, साउन १३, २०८३
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
