नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो मौसममा शरीर र कोठा न्यानो राख्न आगो, हीटर वा गिजर प्रयोग गर्दा सतर्क रहन आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भन्नुभयो, ‘जाडोमा न्यानो राख्नको लागि आगो बाल्दा वा तातो बनाउने उपकरण प्रयोग गर्दा हावा ओहोरदोहोरको अवस्था ध्यान दिनुपर्छ। कोइलाजन्य स्रोतबाट आगो ताप्दा वा हीटर चलाउँदा सुरक्षा उपाय नअपनाउँदा गम्भीर घटना हुनसक्छ।’
प्रवक्ताले आगो वा हीटर प्रयोग गर्दा कागज, कपडा जस्ता छिटो जलेर फैलिने सामग्री नजिक राख्न नहुने, प्रयोग सकेपछि पूर्ण रूपमा निभाउने, समय समयमा हीटर बन्द गर्ने र सुत्नुअघि अनिवार्य रूपमा सबै उपकरणहरू निभाउने सल्लाह दिनुभएको छ।
साथै, गिजर प्रयोग गर्दा मुख्य मेसिन बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र लामो समयसम्म बन्द कोठामा बस्न नहुने चेतावनी मन्त्रालयले दिएको छ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
