नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निर्वाचन अन्तर्गत भइरहेको मतगणना अब अन्तिम चरणमा पुगेको छ। पछिल्लो परिणामअनुसार उपाध्यक्ष पदमा डा. कुन्जाङ शेर्पा अगाडि देखिनुभएको छ। हालसम्म १० हजार ४ सय मत गणना हुँदा उहाँले ४ हजार ४ सय ४६ मत प्राप्त गर्नुभएको छ।
उहाँका प्रतिस्पर्धीमध्ये डा. गुरुशरण शाहले ३ हजार ९ सय २५ मत र अजयसिंह थापाले १ हजार ६ सय २ मत ल्याउनुभएको छ। सुरुमा अग्रता बनाउनुभएका डा. शाह अन्त्यतिर आउँदा पछि पर्नुभएको हो। अझै करिब १ हजार ५ सय मत गणना हुन बाँकी रहेको छ।
आठ सदस्य पदका लागि भएको निर्वाचनमा डा. छविलाल पन्थी सबैभन्दा धेरै मतसहित अगाडि हुनुहुन्छ। उहाँले ४ हजार २ सय ९३ मत ल्याउनुभएको छ भने डा. सारिका गोइतले ४ हजार ३३ मत ल्याएर उहाँलाई पछ्याइरहनुभएको छ ।
यस निर्वाचनमा जम्मा ११ हजार ९ सय २२ मत खसेका थिए। तीमध्ये काठमाडौं उपत्यकाबाट ५ हजार ७६ मत र उपत्यका बाहिरबाट ६ हजार ८ सय ४६ मत खसेको थियो।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि उपत्यका बाहिर ४ र ५ पुसमा तथा काठमाडौं उपत्यकामा ११ र १२ पुसमा मतदान सम्पन्न भएको थियो।
सदस्य पदका लागि अगाडि रहेका १० उम्मेदवार को–को ?

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३

