नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागले प्रविधिजन्य स्वास्थ्य सामग्री र उपकरणको विवरण सात दिनभित्र उपलब्ध गराउन स्वदेशी उत्पादक र बिक्रेताहरूलाई निर्देशन दिएको छ।
विभागका अनुसार, यस सूचनामा अर्थोपेडिक इम्प्लान्ट, इन भिट्रो डायग्नोस्टिक उपकरण, अपरेशन थिएटरमा प्रयोग हुने सामाग्री तथा कार्डियोभास्कुलर र सर्जिकल सामग्री उत्पादन गर्ने कम्पनीहरू समावेश छन्।
प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको गुणस्तर सुनिश्चित गर्न र प्रभावकारी अनुगमन तथा निरीक्षण गर्न २०७४ सालमा सम्बन्धित निर्देशिका जारी गरिएको थियो। विभागले सो निर्देशिकाअनुसार, सात दिनभित्र सबै विवरण पेश गर्न कम्पनीहरूलाई आग्रह गरेको छ।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
