नेपाल हेल्थ न्युज, काठमाडौं । विभिन्न मागसहित अनसनमा रहेका डा. निकोलस भुसालको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ। माइतीघर मण्डलामा करिब ९ दिनदेखि अनसन गरिरहेका भुसालको स्वास्थ्यमा समस्या देखिएपछि नेपाल चिकित्सक संघको पहलमा अस्पताल लगिएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकहरूको टोलीले अनसनस्थलमै पुगेर भुसालको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएपछि उनलाई अस्पताल लैजान सिफारिस गरिएको संघले जनाएको छ।
डा. भुसालले जेनजी आन्दोलनका क्रममा गोली चलाउनेहरूमाथि कारबाही हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई तत्काल रिहा गर्नुपर्ने, भ्रष्टाचारसम्बन्धी घटनाको छानबिन गरी दोषीलाई सजाय दिनुपर्ने तथा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै अनसन सुरु गरेका हुन्।
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३

