नेपाल हेल्थ न्युज, सुर्खेत । वीरेन्द्रनगरमा कोठाभित्र कोइला बाल्दा निस्किएको धुवाँका कारण ३८ दिनको शिशुको मृत्यु भएको छ भने परिवारका अन्य तीन सदस्य बेहोस भएका छन्।
घटनामा परेकी भेरीगंगा–२ का तारा बुढा हाल वीरेन्द्रनगर–१२ मा डेरा गरी बस्दै आएकी थिइन्। बिहीबार बिहान लामो समयसम्म कोठाबाट नउठेपछि घरधनीले ढोका खोलेर चारै जनालाई अचेत अवस्थामा फेला पारे।
तीमध्ये तारा बुढाकी ३८ दिनकी छोरी प्रतीक्षा बुढा घटनास्थलमै मृत्यु भइसकेको थियो। बेहोस अवस्थामा रहेका तारा बुढा, उनकी भदैनी संगम बुढा र १० वर्षीय छोरा प्रकाश बुढालाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। उनीहरूको अवस्था अहिले सुधार हुँदै गएको बताइएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा बन्द कोठाभित्र कोइला बाल्दा अक्सिजनको कमी भएर यस्तो घटना भएको अनुमान गरेका छन्। शिशुको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
