नेपाल हेल्थ न्युज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आमरण अनसनरत डा. निकोलस भुसाललाई बुधबार राति वीर अस्पतालमा पुगेर भेटवार्ता गरेका छन्।
विराटनगरमा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठी सकेर फर्किएपछि मन्त्री अर्याल सिधै वीर अस्पताल पुगेका थिए। भेटका क्रममा उनले जायज मागहरू समाधान गर्न सरकार तयार रहेको बताउँदै भुसाललाई अनसन अन्त्य गर्न आग्रह गरेका छन्।
जेन–जी आन्दोलनका माग पूरा नभएको जनाउँदै डा. भुसालले गत पुस ८ गतेदेखि माइतीघर मण्डलामा अनसन सुरु गरेका थिए। जेन–जी आन्दोलन अधुरो रूपमा टुंगिएको र त्यसका उद्देश्य जनतामाझ स्पष्ट पार्न आफू अनसनमा बसेको उनले बताएका छन्।
उनका प्रमुख मागहरूमा जेन–जी आन्दोलनका क्रममा भएका हत्याका घटनामा संलग्न दोषीलाई कारबाही, आन्दोलनका बेला पक्राउ परेकाहरूको रिहाइ, तथा भ्रष्टाचारसम्बन्धी छानबिन गरी दोषीलाई दण्डित गर्नुपर्ने विषय रहेका छन्।
साथै, संविधान संशोधनमार्फत विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने, प्रदेश सभा र राष्ट्रिय सभा खारेज गर्नुपर्ने तथा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग पनि उनले अघि सारेका छन्।
अनसनका कारण स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि बुधबार उनलाई माइतीघरबाट उपचारका लागि वीर अस्पताल सारिएको हो।
चिकित्सक अचेत अवस्थामा फेला
आइतबार, चैत १, २०८२
काठमाडौं मेडिकल कलेजमा दुर्लभ मस्तिष्क रोगको सफल उपचार
आइतबार, चैत १, २०८२
अल्झिएको चिकित्सक संघको चुनावः समाधान खोज्दै निर्वाचन समिति
आइतबार, चैत १, २०८२
जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु
शुक्रबार, फागुन २९, २०८२
