नेपाल हेल्थ न्युज, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रु १४ करोड १० लाखको लागतमा १५ श्ययाको नगर अस्पताल भवन निर्माण भएको छ ।
दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल भवन निर्माण गरिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । भवन निर्माणसँगै विशेषज्ञसहितको सेवालाई प्रवाह गरिने उहाँले बताउनुभयो ।
अस्पतालमा हप्ताको छ दिन विशेषज्ञ सेवा उपलब्ध हुनेछ । हाडजोर्नी, नाककान, घाँटी, छाला, पेट, छाती तथा मुटुरोग, स्त्रीरोग, मानसिक रोगलगायत विशेषज्ञ सेवा, आँखा र दन्त उपचार हुँदै आएको छ । अस्पतालले अहोरात्र सेवा प्रदान गर्दै आएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल,दोषीलाई कारबाही गर्ने मन्त्रालयको प्रतिबद्धता
मंगलबार, साउन १२, २०८३ट्रेन्डिङ
