नेपाल हेल्थ न्युज, काठमाडौं । अनसनरत चिकित्सक डा. निकोलस भुसालसँग संवाद गर्न सरकारतर्फबाट चार सदस्यीय वार्ता टोली बनाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले डा. भुसाल र उहाँका सहकर्मीहरूले उठाएका मागबारे छलफल गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको नेतृत्वमा समिति गठन गरेको हो।
उक्त टोलीमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसाल सदस्यका रूपमा रहेका छन्।
केही दिनदेखि आमरण अनसनमा रहनुभएका डा. भुसालको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि नेपाल चिकित्सक संघको पहलमा उहाँलाई बुधबार वीर अस्पतालमा भर्ना गरिएको जनाइएको छ।
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३

