नेपाल हेल्थ न्युज, काठमाडौं । अनसनरत चिकित्सक डा. निकोलस भुसालसँग संवाद गर्न सरकारतर्फबाट चार सदस्यीय वार्ता टोली बनाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले डा. भुसाल र उहाँका सहकर्मीहरूले उठाएका मागबारे छलफल गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको नेतृत्वमा समिति गठन गरेको हो।
उक्त टोलीमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसाल सदस्यका रूपमा रहेका छन्।
केही दिनदेखि आमरण अनसनमा रहनुभएका डा. भुसालको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि नेपाल चिकित्सक संघको पहलमा उहाँलाई बुधबार वीर अस्पतालमा भर्ना गरिएको जनाइएको छ।
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
