नेपाल हेल्थ न्युज, नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा किशोर तथा किशोरीमा देखा परिरहेको सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी अनुसन्धान सुरु गरिएको छ। जोखिमपूर्ण यौन व्यवहारका कारण बढ्दो सिफलिसको सामाजिक र आर्थिक असर अध्ययन गर्न एक वर्षे वैज्ञानिक अनुसन्धान सञ्चालन हुने अस्पतालले जनाएको छ।
अध्ययनका प्रमुख, भेरी अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. बद्री चापागाइँले रोगको उपचार, परीक्षण र परामर्शका लागि अस्पतालमा ‘भेनस कर्नर’ स्थापना गरिएको बताउनुभयो। उहाँका अनुसार , ‘रोग लागेकै कारण विदेश जानेमा रोक लगाउने होइन, तर बिरामीलाई सहज पहुँच दिने प्रयासका लागि यो कदम उठाइएको हो।’
डा. चापागाइँका अनुसार सिफलिस केवल व्यक्तिगत स्वास्थ्य समस्या मात्र नभई सामाजिक व्यवहार, वैदेशिक रोजगारी, औषधिको अनियन्त्रित प्रयोग र नीतिगत कमजोरीसँग जोडिएको जटिल सार्वजनिक स्वास्थ्य समस्या हो। उहाँले बताए अनुसार उपचार पूरा भइसकेका धेरै व्यक्तिहरूलाई ‘टीपीएचए’ परीक्षणमा पोजेटिभ देखिएपछि वैदेशिक रोजगारीका लागि अयोग्य ठहरिने अवस्था पनि देखिएको छ।
उपचारमा सक्कली उपलब्धि भए पनि पोजेटिभ परिणामले सङ्क्रमण फैलिने संकेत नदिने तथ्य प्रमाणसहित स्थापित गर्नु आवश्यक रहेको डा. चापागाइँले बताउनुभयो। अध्ययनले सिफलिसको वास्तविक अवस्था, उपचार प्रक्रियामा चुनौती, स्वास्थ्यकर्मीमा रहेको भ्रम र बिरामीले भोग्ने सामाजिक लाञ्छना उजागर गर्ने विश्वास व्यक्त गरिएको छ।
अध्ययनबाट प्राप्त निष्कर्षले भविष्यमा राष्ट्रिय एसटिआई मार्गनिर्देशन र वैदेशिक रोजगारी सम्बन्धी स्वास्थ्य नीतिमा सुधारका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ। डा. चापागाइँले आम नागरिकलाई समयमै परीक्षण र उपचारमा ध्यान दिन आग्रह पनि गर्नुभयो। यो अनुसन्धान सन् २०२६ जनवरी १ देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुनेछ।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
