नेपाल हेल्थ न्युज, स्याङ्जा । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेले डा. बुद्धिमान श्रेष्ठलाई उम्मेदवारका रूपमा अगाडि सारेको छ।
एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय समितिले डा. श्रेष्ठसहित समानुपातिक र प्रत्यक्षतर्फ गरी १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको जनाएको छ।
कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका कार्यकारी अध्यक्ष रहेका डा. श्रेष्ठ यसअघि एमालेबाट स्याङ्जा क्षेत्र नम्बर २ (ख) मा प्रदेश सभा सदस्य पदका उम्मेदवार भइसकेका छन्।
डा. श्रेष्ठसँगै सिफारिस सूचीमा खिमबहादुर थापा, शोभित ढकाल, दिपेन्द्र रेग्मी, मोहन रेग्मी, उदय श्रेष्ठ, महेन्द्र थापा मगर, सूर्यप्रसाद गैह्रे, रामचन्द्र भट्टराई, ऋषि कँडेल, विश्वनाथ अर्याल, नासिर खाँ, खगिसरा थापा, भूपराज अधिकारी र किशोर विक्रम मल्लको नाम समावेश गरिएको छ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
