नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) पदमा बढुवाका लागि १४ जनाले दरखास्त दिएका छन्।
मन्त्रालयको बढुवा समितिको सचिवालयले गत २८ मंसिरमा योग्यता पुगेका इच्छुक कर्मचारीलाई आवेदन दिन १५ दिनको समयसीमा तोकेको थियो। सो अवधिभित्र १४ जनाबाट आवेदन प्राप्त भएको कर्मचारी प्रशासन महाशाखा स्रोतले जनाएको छ।
महाशाखाका अनुसार हाल प्राप्त आवेदनहरूमा संलग्न कागजात, कार्यसम्पादन मूल्यांकन (कासमु) तथा अन्य विवरणको परीक्षण भइरहेको छ। आवश्यक मूल्यांकनपछि उम्मेदवारहरूको अंक गणना गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ।
मन्त्रालय स्रोतका अनुसार यस पदका लागि डा. सुधा देवकोटा, डा. कृष्णप्रसाद पौडेल, डा. चुमनलाल दास, डा. विनोदविन्दु शर्मा र प्राध्यापक दुर्गालक्ष्मी श्रेष्ठ ले आवेदन दिएका छन्।
त्यसैगरी नारायणप्रसाद ढकाल, डा. बासुदेव जनार्दनप्रसाद उपाध्याय, डा. किरणमणि पौडेल, डा. राजन पाण्डे, डा. चन्द्रभाल झा, डा. रुना झा, डा. यदुचन्द्र घिमिरे र डा. प्रमोद यादव पनि प्रतिस्पर्धामा सहभागी भएका छन्।
यसअघि बढुवाका लागि आवेदन दिने केही योग्य व्यक्तिहरूले सूचना समयमा नपाएको तथा केहीले आफू चयन नहुने ठान्दै आवेदन नदिएको मन्त्रालय स्रोतले जनाएको छ।
यस पदमा कार्यरत रहेका डा. टंकप्रसाद बाराकोटीले कार्यकाल बाँकी रहँदै गत कात्तिक १९ गते राजीनामा दिएपछि पद रिक्त भएको हो। सोही रिक्त पद पूर्तिका लागि मन्त्रालयले बढुवा प्रक्रिया अघि बढाएको जनाएको छ।
चिकित्सक अचेत अवस्थामा फेला
आइतबार, चैत १, २०८२
काठमाडौं मेडिकल कलेजमा दुर्लभ मस्तिष्क रोगको सफल उपचार
आइतबार, चैत १, २०८२
अल्झिएको चिकित्सक संघको चुनावः समाधान खोज्दै निर्वाचन समिति
आइतबार, चैत १, २०८२
जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु
शुक्रबार, फागुन २९, २०८२
