नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य क्षेत्रलाई राजनीतिक हस्तक्षेप र विभिन्न प्रकारका प्रलोभनबाट टाढा राख्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा आयोजित वित्तीय व्यवस्थापनसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री गौतमले देशमा सुशासन मजबुत बनाउन प्रणाली सुदृढ हुनुपर्ने र समानताको आधारमा सबैले आफ्नो कार्यक्षेत्रमा स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले पछिल्ला करिब दुई महिनादेखि स्वास्थ्य क्षेत्र बाह्य दबाबबाट मुक्त रहेको उल्लेख गर्दै यस्तो अनुकूल अवस्थामा समेत काम गर्न नसकिए कहिले परिणाम देखाउने भन्ने प्रश्न उठाउनुभयो।
राजनीतिक प्रभाव, अनुचित हस्तक्षेप तथा अन्य अवाञ्छित गतिविधि रोक्न सबैले आ–आफ्नो तहबाट पहल गर्नुपर्ने बताउँदै उहाँले यसको सुरुवात स्वयंबाट गर्नुपर्नेमा जोड दिनुभयो।
मन्त्री गौतमले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न, भ्रष्टाचारबाट टाढा रहन र राष्ट्र विकासका लागि प्रतिबद्ध भएर काम गर्न आग्रह गर्नुभयो।
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३

