नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक सबै स्वास्थ्य संस्थालाई औषधिको बीमा दाबी गर्दा सस्तो दर प्रयोग गर्न निर्देशन दिएको छ।
बोर्डद्वारा जारी गरिएको सुविधा थैली अन्तर्गतका सेवा सुविधाहरूको परिमार्जित विवरण तथा दररेट, २०८१ अनुसार औषधिको भुक्तानी दाबी गर्दा अस्पतालको आफ्नै दररेट र बीमा बोर्डले तोकेको दररेट तुलना गर्नुपर्नेछ।
यदि अस्पतालको औषधि दररेट कम भएमा अस्पतालकै दररेट अनुसार दाबी गर्नुपर्नेछ भने अस्पतालको दररेट बढी भएमा बीमा बोर्डले तोकेको २०८१ को दररेट अनुसार मात्र दाबी गर्न पाइनेछ।
यस व्यवस्था कार्यान्वयनका लागि आवश्यक तयारी र मिलान कार्य गर्न बोर्डले सम्बन्धित सबै स्वास्थ्य संस्थालाई अनुरोध गरेको छ।
प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३

