नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक सबै स्वास्थ्य संस्थालाई औषधिको बीमा दाबी गर्दा सस्तो दर प्रयोग गर्न निर्देशन दिएको छ।
बोर्डद्वारा जारी गरिएको सुविधा थैली अन्तर्गतका सेवा सुविधाहरूको परिमार्जित विवरण तथा दररेट, २०८१ अनुसार औषधिको भुक्तानी दाबी गर्दा अस्पतालको आफ्नै दररेट र बीमा बोर्डले तोकेको दररेट तुलना गर्नुपर्नेछ।
यदि अस्पतालको औषधि दररेट कम भएमा अस्पतालकै दररेट अनुसार दाबी गर्नुपर्नेछ भने अस्पतालको दररेट बढी भएमा बीमा बोर्डले तोकेको २०८१ को दररेट अनुसार मात्र दाबी गर्न पाइनेछ।
यस व्यवस्था कार्यान्वयनका लागि आवश्यक तयारी र मिलान कार्य गर्न बोर्डले सम्बन्धित सबै स्वास्थ्य संस्थालाई अनुरोध गरेको छ।
प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
