नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले विभिन्न तहका नर्सिङ कार्यक्रमअन्तर्गत नाम दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्ने भएको छ। परिषद्को वार्षिक कार्यतालिका अनुसार परीक्षा २०८२ साल फागुन ११ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिने जानकारी दिइएको छ।
परीक्षाका लागि अनलाइन आवेदन प्रक्रिया २०८२ साल पुस २५ गतेदेखि माघ २५ गतेसम्म खुला रहनेछ। तोकिएको समयभित्र आवेदन दिन नसक्ने परीक्षार्थीले माघ २९ गतेसम्म कार्यालय समय बेलुका ५ बजेसम्म विलम्ब शुल्कसहित आवेदन दिन सक्नेछन्।
अनलाइन फाराम भर्न परीक्षार्थीले परिषद्को आधिकारिक वेबसाइटमार्फत आवेदन दिनुपर्नेछ। परिषद्का अनुसार अनलाइन बाहेक अन्य कुनै माध्यमबाट आवेदन स्वीकार गरिने छैन। परीक्षा शुल्क अनलाइन भुक्तानी प्रणाली ‘खल्ती’मार्फत मात्र तिर्नुपर्ने व्यवस्था गरिएको छ।
नाम दर्ता परीक्षामा सहभागी हुनका लागि शैक्षिक योग्यता कार्यक्रमअनुसार फरक–फरक तोकिएको छ। प्रवीणता प्रमाणपत्र तह नर्सिङ र बि.एस्सी. नर्सिङ उत्तीर्णका लागि नियमित शुल्क ३ हजार ५ सय रुपैयाँ र विलम्ब शुल्क ७ हजार रुपैयाँ तोकिएको छ। बि.एम.एस. तह उत्तीर्णका लागि शुल्क तहअनुसार फरक रहनेछ भने स्नातकोत्तर नर्सिङका लागि नियमित शुल्क ५ हजार १ सय रुपैयाँ र विलम्ब शुल्क १० हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ।
परीक्षाका दिन परीक्षार्थीले राष्ट्रिय परिचयपत्र, नागरिकता, पासपोर्ट वा सवारी चालक अनुमति पत्रमध्ये कुनै एक सक्कल परिचयपत्र अनिवार्य रूपमा ल्याउनुपर्नेछ। साथै, औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
परीक्षाको मिति, केन्द्र र समयसम्बन्धी विस्तृत जानकारी प्रवेश पत्रमा उल्लेख गरिनेछ। थप विवरण नेपाल नर्सिङ परिषद्को आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।

आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
