नेपाल हेल्थ न्युज, काठमाडौं । महाराजगञ्जस्थित कान्तिबाल अस्पतालको क्षमता विस्तार गर्ने योजना सार्वजनिक भएको छ। हाल ३७१ शैय्यामा सञ्चालन भइरहेको अस्पतालले भविष्यमा एक हजार शैय्यामा विस्तार हुने भएको छ ।
अस्पतालको ६४ औँ वार्षिकोत्सवको अवसरमा निर्देशक डा. पंकज रायले भन्नुभयो, ‘वर्तमान शैय्यामा बिरामीको चाप धान्न गाह्रो भएको छ। नयाँ विस्तारले देशभरिका बालबालिकालाई अझ प्रभावकारी स्वास्थ्य सेवा दिन सहयोग पुग्नेछ।’
डा. रायले अस्पताललाई स्तरोन्नती गर्दै ‘बाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’को रूपमा विकास गर्ने योजना राखेको बताउनुभयो। यस प्रतिष्ठानअन्तर्गत हरेक प्रदेशमा विशेषज्ञ बाल अस्पताल सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले भन्नुभयो कि वर्तमान अवस्थामा नयाँ योजनाहरू तत्काल अघि बढाउन सम्भव नहुने बताउँदै, थोरै बजेटले समाधान हुने समस्यामा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री शर्माले निर्वाचन नजिक भएकाले सरकारले अहिले नयाँ आयोजना अघि बढाउने भन्दा वर्तमान समस्याहरू आन्तरिक रूपमा समाधान गर्न जोड दिएको जानकारी दिनुभयो।
मन्त्री शर्माले अस्पताललाई बाल स्वास्थ्य प्रतिष्ठानको रूपमा विकास गर्ने विषयमा मन्त्रालय सधैं सकारात्मक रहेको र एक हजार शैय्याको आधुनिक स्वास्थ्य संस्थाको रूपमा विस्तार गर्न सहयोग गरिने बताउनुभएको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

