नेपाल हेल्थ न्युज, काठमाडौं । उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघको पक्षमा फैसला सुनाएको छ। संघहरूले गत भदौमा दर्ता गरेको रिटको आधारमा अदालतले बुधबार निर्णय सुनाएको हो।
अदालतमा सुनुवाई न्यायाधीश सूर्यनाथप्रकाश अधिकारी र शिवबहादुर रानाभाटको इजलासले गरेका थिए।
यसअघि औषधि तथा बिक्री प्रतिनिधि संघले उत्पादक र आयातकर्ता संघका प्रतिनिधि तथा म्यानेजर तहका कर्मचारीहरूलाई विभिन्न नियमहरू लागु गर्दै आफ्नो क्षेत्रमा प्रवेश निषेध गरेका थिए।
नियमअनुसार पाँच दिनअघि लिखित सूचना दिनुपर्ने, सिमकार्ड र टाइम कार्ड प्रयोग गर्ने, बैठक वा भेला नगर्ने, चिकित्सक वा बजारका डिस्ट्रिब्युटर्ससँग भेट नगर्ने जस्ता प्रतिबन्धहरू थिए।
उत्पादक र आयातकर्ता संघले यी प्रतिबन्ध रोक्न उच्च अदालतमा रिट दायर गरेका थिए। अदालतको आदेशपछि संघका प्रतिनिधि तथा कर्मचारीहरूले देशभर कहीं पनि काम गर्न स्वतन्त्रता पाउने छन् र औषधि तथा बिक्री प्रतिनिधि संघले उनीहरूलाई रोक्न सक्ने छैन।
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३

