नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालले सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार गराएका बिरामीको भुक्तानी समयमै नपाउँदा आर्थिक संकट झेलिरहेको जनाएको छ। अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा समस्या देखिन थालेको विज्ञप्ति मार्फत जानकारी दिएको छ।
अस्पतालका अनुसार २०७७ सालदेखि हालसम्म बीमा दाबीअनुसार पाउनुपर्ने ३८ करोड रुपैयाँभन्दा बढी रकम अझै भुक्तानी हुन बाँकी छ।
रकम समयमै नपाउँदा दैनिक आर्थिक कारोबारमा असर परेको र औषधि खरिद, स्वास्थ्य सामग्री आपूर्ति, कर्मचारी तलब भुक्तानी र अन्य सञ्चालन खर्चमा चुनौती आएको अस्पतालले बताएको छ।
त्रिवि शिक्षण अस्पतालले मासिक १२–१५ करोड रुपैयाँ खर्च गर्नुपर्ने भए पनि बीमा कार्यक्रमबाट प्राप्त रकम नियमित नहुँदा प्रतिमहिना डेढ–दुई करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको जनाएको छ। अस्पतालले स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयलाई पटक–पटक जानकारी गराए पनि समाधान नआएको उल्लेख गरेको छ।
अस्पतालका अनुसार बीमा कार्यक्रम मार्फत उपचारमा आउने बिरामीहरूको संख्या बढ्दो क्रममा छ र दैनिक २०–२५ लाख रुपैयाँ खर्च हुन थालेको छ। यस्तो अवस्थामा बाँकी रकम भुक्तानी नहुँदा र नयाँ दररेट अनुसार सम्झौता नहुँदा आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्नुपर्ने स्थिति आएको अस्पतालले जनाएको छ।


घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
