नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आफ्नो केन्द्रीय कार्यालय, प्रदेश शाखा कार्यालय र जिल्ला सम्पर्क शाखा कार्यालयका लागि करार सेवामा विभिन्न पदहरूमा कर्मचारी भर्ना गर्ने भएको छ।
बोर्डले मेडिकल अधिकृत, चार्टर्ड एकाउन्टेण्ड, हेल्थ इकोनोमिष्ट, जनस्वास्थ्य अधिकृत, एक्च्यूरियन अधिकृत, सूचना प्रविधि सहायक र दर्ता अधिकारी पदहरूमा जनशक्ति आवश्यकता रहेको जानकारी दिएको छ।
भर्ना गरिने पद र संख्या अनुसार मेडिकल अधिकृत ६ जना, चार्टर्ड एकाउन्टेण्ड १ जना, हेल्थ इकोनोमिष्ट १ जना, जनस्वास्थ्य अधिकृत १ जना, एक्च्यूरियन अधिकृत १ जना, सूचना प्रविधि सहायक ३ जना र दर्ता अधिकारी ६० जना। आवेदन गर्ने इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (२०८२/१०/१२ सम्म) दरखास्त पेश गर्न सक्नेछन्।

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
