नेपाल हेल्थ न्युज, दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरूले उपकुलपतिले कार्यकाल बाँकी छँदै राजीनामा दिएपछि उत्पन्न अन्योलतालाई समाधान गर्न कार्यबाहक उपकुलपति तोक्ने वा नियमावली संशोधन गर्ने माग गरेका छन्।
सोमबार सम्पन्न प्रथम भेलामा प्राध्यापकहरूले वर्तमान नियमावली अत्यन्त साँघुरो भएकाले प्रतिष्ठानभित्र कार्यरत योग्य प्राध्यापकहरूले उच्च पदमा नियुक्ति पाउन नसक्ने अवस्था आएको बताएका छन्।
भेलाले दोश्रो विकल्पको रूपमा विशेष सिनेट बैठकमार्फत नियमावली परिमार्जन गरी योग्य प्राध्यापकबाट उपकुलपति लगायत अन्य पदाधिकारी नियुक्त गर्नुपर्ने पनि सुझाएको छ।
भेलामा प्रा. डा. कृष्ण कुमार राईको संयोजकत्वमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्राध्यापक समाज गठन गरिएको छ। समाजले संस्थाको शैक्षिक र संस्थागत विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्राध्यापकहरूले प्रतिष्ठानको पछिल्ला दिनहरूमा तीव्र विकास भएको उल्लेख गर्दै, आफूहरूले आ–आफ्नो पदीय जिम्मेवारीअनुसार काम गर्दै आएको जानकारी दिएका छन्। प्रा. डा. राईले संस्थाको स्थायित्व, निरन्तरता र विकास सुनिश्चित गर्न समयमै निर्णय लिन कुलपति, सहकुलपति र सम्बन्धित सबै सरोकारवालाहरूसँग हार्दिक अनुरोध पनि गरेका छन्।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
