नेपाल हेल्थ न्युज, विराटनगर । नियमित स्वास्थ्य जाँचको क्रममा मुटुको भल्ब बन्द भएको पत्ता लागेपछि विराटनगरस्थित विराट नर्सिङ होम र विराट मेडिकल कलेजका संचालक एवं वरिष्ठ प्रशुति तथा स्त्री रोग विशेषज्ञ प्रा.डा. ज्ञानेन्द्रमानसिंह कार्कीको ओपन हार्ट सर्जरी सफल भएको छ।
एक साताअघि समस्या देखिएपछि डा. कार्की उपचारका लागि भारतको दिल्लीस्थित मेदान्त अस्पताल पुग्नुभएको थियो। बन्द भएको मुटुको भल्बको ‘ब्लकेज’ सफलतापूर्वक खुलाएपछि उहाँको स्वास्थ्यमा सुधार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
डा. कार्कीले पनि आफ्नो स्वास्थ्यमा व्यापक सुधार आएको कुरा भिडियो सन्देशमार्फत जनाउनुभएको छ। मेदान्त अस्पतालकै बेडबाट जारी गरेको सन्देशमा उहाँले भन्नुभएको छ
“म अहिले भारतको दिल्लीमा स्वास्थ्यलाभ गरिरहेको छु। कसैलाई जानकारी नदिई काठमाडौंबाट दिल्ली आउनुपर्यो। हजुरहरुको शुभेच्छाले अहिले म राम्रो हुँदैछु। जटिल शल्यक्रिया भयो, अब ठिक छु। इश्वरभन्दा ठूलो कोही छैन, न त जीवन हाम्रो हातमा छ। मृत्यु मागेर पनि कहाँ पाइन्छरु जीवनको अवसर मिलेको बेलामा सबै प्रस्तुत गर्नेछु।”
उहाँले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताउँदै चाँडै विराटनगर फर्किएर सेवा दिने योजना पनि रहेको जानकारी दिनुभएको छ ।
प्राप्त जानकारीअनुसार, डा. कार्की मुटुको भल्ब बाइपास गर्दा सम्भव नभएपछि ‘ओपन हार्ट सर्जरी’ गरिएको थियो। उहाँले आफैं यसलाई जटिल शल्यक्रिया भएको बताउनुभयो ।
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३

