नेपाल हेल्थ न्युज, विराटनगर । नियमित स्वास्थ्य जाँचको क्रममा मुटुको भल्ब बन्द भएको पत्ता लागेपछि विराटनगरस्थित विराट नर्सिङ होम र विराट मेडिकल कलेजका संचालक एवं वरिष्ठ प्रशुति तथा स्त्री रोग विशेषज्ञ प्रा.डा. ज्ञानेन्द्रमानसिंह कार्कीको ओपन हार्ट सर्जरी सफल भएको छ।
एक साताअघि समस्या देखिएपछि डा. कार्की उपचारका लागि भारतको दिल्लीस्थित मेदान्त अस्पताल पुग्नुभएको थियो। बन्द भएको मुटुको भल्बको ‘ब्लकेज’ सफलतापूर्वक खुलाएपछि उहाँको स्वास्थ्यमा सुधार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
डा. कार्कीले पनि आफ्नो स्वास्थ्यमा व्यापक सुधार आएको कुरा भिडियो सन्देशमार्फत जनाउनुभएको छ। मेदान्त अस्पतालकै बेडबाट जारी गरेको सन्देशमा उहाँले भन्नुभएको छ
“म अहिले भारतको दिल्लीमा स्वास्थ्यलाभ गरिरहेको छु। कसैलाई जानकारी नदिई काठमाडौंबाट दिल्ली आउनुपर्यो। हजुरहरुको शुभेच्छाले अहिले म राम्रो हुँदैछु। जटिल शल्यक्रिया भयो, अब ठिक छु। इश्वरभन्दा ठूलो कोही छैन, न त जीवन हाम्रो हातमा छ। मृत्यु मागेर पनि कहाँ पाइन्छरु जीवनको अवसर मिलेको बेलामा सबै प्रस्तुत गर्नेछु।”
उहाँले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताउँदै चाँडै विराटनगर फर्किएर सेवा दिने योजना पनि रहेको जानकारी दिनुभएको छ ।
प्राप्त जानकारीअनुसार, डा. कार्की मुटुको भल्ब बाइपास गर्दा सम्भव नभएपछि ‘ओपन हार्ट सर्जरी’ गरिएको थियो। उहाँले आफैं यसलाई जटिल शल्यक्रिया भएको बताउनुभयो ।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
