नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघले करार सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि महँगी भत्तासहित अन्य सुविधा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमसमक्ष ध्यानाकर्षण गराउँदै अस्थायी र स्थायी करारमा काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई महँगी भत्ता उपलब्ध गराइनुपर्ने आवश्यकता औँल्याएको हो।
नेपाल सरकारले २०७७ सालमा जारी गरेको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालनसम्बन्धी निर्देशिकाअनुसार करार सेवामा कार्यरत जनशक्तिले सम्बन्धित सेवाको सुरुआती तलब, स्थानीय भत्ता तथा अन्य सुविधा पाउने व्यवस्था छ। तर सो निर्देशिकामा महँगी भत्ताको व्यवस्था स्पष्ट नभएको भन्दै संघले आपत्ति जनाएको छ।
संघका अनुसार सरकारी संरचनाभित्र कार्यरत सबै चिकित्सकलाई समान आधारमा महँगी तथा अन्य भत्ता उपलब्ध गराइनु आवश्यक छ। यसले चिकित्सकको मनोबल उच्च राख्न र सेवाप्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुग्ने संघको धारणा छ।
संघले करारमा कार्यरत स्वास्थ्यकर्मीलाई महँगी भत्ता प्रदान गर्ने विषयमा स्वास्थ्य मन्त्रालयले छिटो निर्णय गर्दै स्पष्ट नीति निर्माण गर्नुपर्नेमा जोड दिएको छ। साथै, देशभरका सरकारी स्वास्थ्य संस्थामा समान रूपमा लागू हुने गरी निर्देशन जारी गर्न पनि संघले आग्रह गरेको छ।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
