नेपाल हेल्थ न्युज, काठमाडौं। बी.पी. स्मृति सामुदायिक सहकारी अस्पताल र उज्बेकिस्तानको बुखारा शहरमा रहेको एसिया इन्टरनेशनल युनिभर्सिटी (एआईयू) बीच चिकित्सा शिक्षा, अनुसन्धान तथा स्वास्थ्य सेवा विस्तारका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।
दुवै संस्थाबीच भएको साझेदारी सम्झौतामा एआईयूका डिन डा. किशन भण्डारी र बी.पी. स्मृति अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. भोलाराम श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार चिकित्सा शिक्षा तथा क्लिनिकल अभ्यासलाई प्रभावकारी बनाउने उद्देश्यले संयुक्त कार्यक्रमहरू सञ्चालन गरिनेछ। एआईयूका चिकित्सा तथा स्वास्थ्यसम्बन्धी विद्यार्थीहरूले बी.पी. स्मृति अस्पतालमा क्लिनिकल प्रशिक्षण र अभ्यासको अवसर पाउनेछन्।
यससँगै दुवै पक्षबीच संकाय सदस्यहरूको आदान–प्रदान, शैक्षिक व्याख्यान, क्लिनिकल सुपरभिजन तथा संयुक्त परियोजनाहरू अघि बढाइनेछ। अनुसन्धान क्षेत्रमा सहकार्य गर्दै वैज्ञानिक लेख प्रकाशन, कार्यशाला, सेमिनार, सम्मेलन तथा निरन्तर चिकित्सा शिक्षा (सी.एम.ई) कार्यक्रम सञ्चालन गर्ने सहमति पनि भएको छ।
जनस्वास्थ्य सुधारलाई लक्षित गर्दै सामुदायिक स्वास्थ्य कार्यक्रमहरू संयुक्त रूपमा विकास र कार्यान्वयन गर्ने योजना बनाइएको छ। सम्झौतामा चिकित्सा पर्यटनलाई पनि प्राथमिकतामा राखिएको छ। एआईयूले उज्बेकिस्तान तथा मध्य एसियाली मुलुकहरूमा बी.पी. स्मृति अस्पताललाई गुणस्तरीय र किफायती स्वास्थ्य सेवाको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
