नेपाल हेल्थ न्युज, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आर्थिक अभावका कारण स्वास्थ्य बीमा अन्तर्गत सञ्चालन हुँदै आएका ओपिडी सेवा रोकिन सक्ने सम्भावना बढेको छ । ओपिडीमा आउने बिरामीहरूबाट पाउनुपर्ने स्वास्थ्य बीमा शोधभर्ना तथा विपन्न सेवा वापत्को रकम लामो समयदेखि प्राप्त नभएकाले सेवा निरन्तरता दिन कठिन हुँदै गएको केन्द्रले जनाएको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लका अनुसार स्वास्थ्य बीमा बोर्डबाट मात्रै करिब १३ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । यस्तै, विपन्न नागरिकको उपचारतर्फ २७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । यसरी बीमा र विपन्न उपचार शीर्षकमा गरेर केन्द्रले पाउनुपर्ने कुल रकम करिब ४० करोड रुपैयाँ पुगेको डा. मल्लले नेपाल हेल्थ न्युजलाई जानकारी दिनुभयो ।
लामो समयदेखि शोधभर्ना रकम नआउँदा अस्पतालको आन्तरिक स्रोतमा गम्भीर दबाब परेको र ओपिडी सेवा समेत प्रभावित हुन सक्ने अवस्था आएको केन्द्रको भनाइ छ । सम्भावित सेवा अवरोधबाट सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति केन्द्रले चिन्ता व्यक्त गरेको छ ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
