नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ भित्र कुल बेरुजुको ८० प्रतिशत फस्यौट गर्ने लक्ष्यसहित मातहतका निकायलाई निर्देशन जारी गरेको छ।
मन्त्रालयले विभाग, प्रतिष्ठान, बोर्ड तथा अस्पतालहरूलाई परिपत्र पठाउँदै माघ महिनाभित्र बाँकी बेरुजुको कम्तीमा २० प्रतिशत फस्यौट गर्न र आगामी आर्थिक वर्षभित्र ८० प्रतिशत बेरुजु टुंग्याउन निर्देशन दिएको हो। यो निर्देशन पुस २५ गते भएको सचिवस्तरीय निर्णयका आधारमा जारी गरिएको मन्त्रालयले जनाएको छ।
निर्देशनअनुसार कार्यालयमा मौज्दात रहेका जिन्सी मालसामानको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ९६ अनुसार प्रक्रिया पूरा गरी तीन महिनाभित्र मूल्य कायम गर्नुपर्नेछ।
साथै, वार्षिक जिन्सी निरीक्षण प्रतिवेदनमा लिलामयोग्य भनेर उल्लेख गरिएका सामग्रीहरू आर्थिक वर्ष २०८२/८३ भित्र लिलाम गर्न भनिएको छ।
त्यस्तै, मन्त्रालयअन्तर्गतका प्रतिष्ठान र बोर्डहरूले तीन महिनाभित्र आन्तरिक नियन्त्रण प्रणाली तयार गर्नुपर्नेछ। अन्य निकायले मन्त्रालयको आन्तरिक व्यवस्थापन कार्यविधि, २०८२ अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयले बजेटरी तथा गैर–बजेटरी निकायहरूलाई अनुदानमार्फत हुने खरिद कार्यमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम २१ अनुसार खरिद सम्झौतामा उल्लेखित प्रतिबद्धता रकम सिजिएएस प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्न समेत निर्देशन दिएको छ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
