नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम हालका लागि स्थगित गरिएको छ। निर्वाचन समितिले एक सूचना जारी गर्दै पहिले तय गरिएको निर्वाचन कार्यतालिका कार्यान्वयन हुन नसक्ने जनाएको हो।
समितिका अनुसार पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशका कारण निर्वाचन स्थगित गर्नुपरेको हो। साथै, परिस्थितिअनुसार चाँडै अर्को सूचना प्रकाशित गरी निर्वाचनको नयाँ मिति र कार्यतालिका सार्वजनिक गरिने पनि बताइएको छ।
निर्धारित तालिकाअनुसार निर्वाचन दुई चरणमा सम्पन्न गर्ने योजना थियो। पहिलो चरणमा आज र भोलि (२ र ३ माघ) उपत्यकाबाहिर मतदान हुने र दोस्रो चरणमा उपत्यकाभित्र १५, १६ र १७ माघमा निर्वाचन हुने कार्यक्रम तय गरिएको थियो। तर निर्वाचन समितिले ती सबै कार्यक्रम हालका लागि रोकिएको स्पष्ट पारेको छ।
प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
