नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम हालका लागि स्थगित गरिएको छ। निर्वाचन समितिले एक सूचना जारी गर्दै पहिले तय गरिएको निर्वाचन कार्यतालिका कार्यान्वयन हुन नसक्ने जनाएको हो।
समितिका अनुसार पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशका कारण निर्वाचन स्थगित गर्नुपरेको हो। साथै, परिस्थितिअनुसार चाँडै अर्को सूचना प्रकाशित गरी निर्वाचनको नयाँ मिति र कार्यतालिका सार्वजनिक गरिने पनि बताइएको छ।
निर्धारित तालिकाअनुसार निर्वाचन दुई चरणमा सम्पन्न गर्ने योजना थियो। पहिलो चरणमा आज र भोलि (२ र ३ माघ) उपत्यकाबाहिर मतदान हुने र दोस्रो चरणमा उपत्यकाभित्र १५, १६ र १७ माघमा निर्वाचन हुने कार्यक्रम तय गरिएको थियो। तर निर्वाचन समितिले ती सबै कार्यक्रम हालका लागि रोकिएको स्पष्ट पारेको छ।
प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३

